काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ ।
निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा पहिलो नंबरमा एमालेको सुर्य चिन्ह राख्ने आयोगले जनाएको छ ।
आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्ला र निर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने समेत आयोगले जनाएको छ ।
आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमाले, दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहने भएको छ ।