• जेष्ठ ३ २०८३, आईतवार

अल्फाबिटाका मालिकले बालेनसँग उल्टै नक्सा मागेपछि यसरी उत्रिए एक्सनमा

भाद्र ९ २०७९, बिहीबार

काठमाडौैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले बिहीबार काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएका छन्।

बिहीबार बिहान सुरुमा मेयर बालेन्द्र शाह (बालेन)सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भन्दा नक्सा माग्दै बिबाद गरेपछि कार्यालय पुगेर नक्सा ल्याएर अबैध संरचना भत्काइदिएका छन् । संरचना हटाउने विषयमा कम्प्लेक्सका सञ्चालक र मेयर शाहबीच बिहान चर्काचर्की नै भएको थियो।

त्यसपछि आक्राशित बनेका मेयर शाह एक्सनमै उत्रिएका हुन् । उनले कम्प्लेक्समा बनाइएको अल्फा फार्मेसीको संरचना भत्काएका छन्।

संरचना भत्काइसकेपछि मेयर शाहले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटससमेत साझा गरेका छन्। उनले आफ्नो नक्सा सञ्चालकले नै राख्नुपर्नेमा महानगरसँग मागेपछि नक्सासहित डोजर लिएर पुग्नुपरेको बताएका छन्। उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराए!’