• बैशाख २६ २०८३, शनिबार

अल्फाबिटाको अवैध संरचना काठमाडौं महानगरद्वारा डोजर प्रयोग गरी हटाइयो

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचना  भत्काइएको छ ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।

तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन ।

अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।