• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपतिले सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधान विपरीत : डा. भट्टराई

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् ।

बुधबार राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधान विपरीत रहेको डा.भट्टराईको दाबी छ।

नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक र पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’

‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोजेको भए झन् भएन,’ बाबुरामले ट्विटमा उल्लेख गरेका छन्।