• जेष्ठ ३ २०८३, आईतवार

शिक्षण अस्पतालबाट भागेका कैदी ललितपुरबाट पक्राउ

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याउँदा भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई ललितपुरको लुभु वसपार्कबाट बिहिबार बिहानै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी बुढाथोकी उपचारको बाहानामा बुधबार अस्पताल पुगेका थिए। सोही मौका छोपी सवा चार बजेतिर उनी त्यहाँबाट फरार भएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो। पक्राउ परेका बुढाथोकीलाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको छ।