काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका सिंह राजपूतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ ।
बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले महोत्तरी जलेश्वरकी निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो ।
निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा तिव्र गतिमा अघि बढेको हो ।