• जेष्ठ ३ २०८३, आईतवार

कृत्रिम तालमा डुबेका पुरुषको शव भेटियो

भाद्र ८ २०७९, बुधबार

दाङ । दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृत्रिम तालमा डुबेर बेपत्ता भएका अमर चौधरीको शव फेला परेको छ ।

तालमा डुबेको दुई दिनपछि चौधरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । बुधबार पौने १ बजेतिर उनको शव फेला परेको हो ।

चौधरी सोमबार दिउँसो ११ बजे घुङ्गी खोज्न जाँदा तालमा डुबेर बेपत्ता भएका थिए । लगत्तै गोताखोरको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर दुई दिनसम्म उनको शव खोजी गरेको थियो ।