• जेष्ठ ३ २०८३, आईतवार

१७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । झापामा १७ वर्षीया युवती जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाल पक्राउ परेका छन् । युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले ति युवालाई पक्राउ गरेको हो ।

उज्वलले ती युवतीलाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित होटल र पुन: ईलाम हर्कटेस्थित होटलमा लगि जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो ।