• बैशाख २६ २०८३, शनिबार

नक्सा पास नभए जिल्ला अदालतको संरचना पनि भत्कन्छ: बालेन्द्र शाह

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नक्सा पास नगरी बनाइएको जुनसुकै अबैध संरचना हटाइ छाड्ने बताएका छन् ।

‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।