• जेष्ठ ३ २०८३, आईतवार

आयोजना अलपत्र पार्ने १० निर्माण कम्पनी कालोसूचीमा (पूरा विवरणसहित)

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको काम लिएर अलपत्र पार्ने विभिन्न १० कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै समयमा काम नसक्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

१० कम्पनीमध्ये ६ वटा कम्पनीलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, एउटा कम्पनी साढे २ वर्षका लागि र बाँकी ३ वटा कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका हुन् । यो सूचीमा २ वटा चिनियाँ कम्पनी समेत परेका छन् ।