काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ अनुसारका मुद्दा देशभरको अदालतबाट चलाउने व्यवस्था गर्न लागिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट मात्रै चल्दै आएकोमा अब ७७ वटै जिल्लाबाट मुद्दा चलाउन मिल्ने गरिन लागेको महान्यायाधिबक्ता खम्बबहादुर खातीले बताए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै महान्यायाधीवक्ता खातीले सो कुरा बताएका हुन्।
केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५ लाई संशोधन गरेर ७७ वटै जिल्लाबाट साइबरको मुद्दा चलाउन मिल्ने व्यवस्था गरिने महान्यायाधीवक्ता खातीले बताए। त्यसका लागि प्रक्रियासमेत अघि बढाइएको उनको भनाइ छ।