• जेष्ठ ३ २०८३, आईतवार

विराटनगरमा ग्याङफाइट : १० घाइते, एकको अवस्था गम्भीर

भाद्र ८ २०७९, बुधबार

विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ । कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।उनीहरू राजवंशीको समूहका हुन् ।

कामततर्फका राजकुमार सहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।