काठमाडौं । निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने भएपछि आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् ।
चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ ।