• बैशाख २६ २०८३, शनिबार

युवा जनस्वयंसेवक नेपाल सिन्धुपाल्चोकको प्रथम बैठक सम्पन्न

भाद्र ७ २०७९, मंगलवार

सिन्धुपाल्चोक । जनजागरण तथा संगठनका विस्तार अभियान लाई निरन्तर दिदै युवा जनस्वयंसेवक नेपालको सिन्धुपाल्चोक जिल्लाको प्रथम बैठक सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा सम्पन्न बैठकको प्रमुख अतिथि नेकपा (बहुमत)का नबौ महाधिवेशन आयोजक समिति सदस्य एंव सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज विनय राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता युवा जनस्वयंसेवक नेपालको जिल्ला संयोजक पासाङ लामाले गरेका थिए ।

बैठकमा नेकपा बहुमतका सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज शर्माले बैठकलाइ प्रशिक्षण गराउँदै युवाहरु देशको फलामे हतियार देशको समवाहक भएकोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा मोर्चा बन्दी गरेर जनसङ्घर्षमा होमिन निर्देशन दिए ।

साथै जनजागरण तथा संगठनका बिस्तार अभियानबारेमा स्पष्ट पार्दै हाम्रो यो दुई महिने अभियानलाई साथ र सहयोग गर्नु पर्ने बताएका थिए ।

युवा जनस्वयंसेवक नेपालको प्रथम बैठकको संचालन नेकपा (बहुमत) का जिल्ला संयोजक प्रतिक लामाले गरेका थिए ।