• जेष्ठ ३ २०८३, आईतवार

अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने दुई जना पक्राउ

भाद्र ७ २०७९, मंगलवार

काठमाडौं । अमेरिकी डलर साटिदिने भन्दै जंगलमा लगेर लाखौं रकम लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थला डाँडाका ३२ वर्षीय समीर भनिने सञ्जय तामाङ र सोही ठाउँको सम्शेर डाँडाका ३१ वर्षीय विष्णु तामाङ छन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो १ बजे टोखाको युनिक कोलोनीबाट नेपाली रुपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भन्दै उनीहरुले ठगी गर्न लागेका थिए। बाहिर डलर राख्ने र भित्र भने ५, १०, २० का नेपाली नोट राखेर पोको पारेर उनीहरुले दिँदै ठगी गरेको खुलेको छ । उनीहरुको समूहले अरुलाई पनि श्रंखलाबद्ध रुपमा ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।