काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप ओलीको छ ।
‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन् । तीन पटक प्रधानमन्त्री बन्नुपर्या छ । उनले घाइतेहरुको वेवास्ता गरेका छन् । गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस् । तपाईंहरुको उपचार एमालेले गर्छ,’ओलीले भने ।
जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताए ।
‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन् तर लडाकु र योद्धाको के हालत छ । शान्ति प्रक्रियाका काम पीडितहरुलाई न्याय दिनेगरी टुंग्याइनुपर्छ । त्यो काम एमालेले गर्छ । प्रचण्डले गर्दैनन् रोक्छन्,’ ओलीले भने ।