काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाका पूर्वप्रमुख अमानसिंह तामाङसहितका विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरे । कार्यक्रममा एमालेका नेताहरुको पनि सहभागिता थियो ।
यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा प्रदेश सांसद प्रल्हाद गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।