काठमाडौँ । संघीय निजामती ऐन लागू गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्।
केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भदौ १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरिनेछ ।
उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्।