• बैशाख २६ २०८३, शनिबार

दाङमा पनि सुरु भयो नेकपा (बहुमत)को राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान

भाद्र ६ २०७९, सोमबार

घोराही । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको ‘राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान-२०७९’ एक कार्यक्रमका बीचमा दाङको तुलसीपुरमा उद्घाटन गरिएको छ ।

सो पार्टीका केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसी‘सार्दूल’ले मसाल बालेर उद्धघाटन गरेका हुन् ।

अभियान उद्घाटन गर्दै नेता सार्दुलले सत्ताधारी राजनीतिक दल र वर्तमान सरकारका कारण राष्ट्रघात, जनघात, महङ्गी र भ्रष्टाचारका घटना दिन प्रतिदिन बढिरहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि यो अभियानले महत्वपूणर् भूमिका खेल्ने कुरामा जोड दिए ।