• जेष्ठ ३ २०८३, आईतवार

१० हजार नर्स बेलायत पठाउन आज श्रम सम्झौता हुँदै

भाद्र ६ २०७९, सोमबार

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल र बेलायत बीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् ।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेस अन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ ।

तर, पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा मात्रै नर्सहरू पठाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।