काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका पीएसओमाथि सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।
सुन तस्करीमा जोडिएको आरोप लागेका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडी बढाइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए ।
तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।