काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले शपथ ग्रहण गरेका छन् ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा आइतबार आयोजित समारोहमा ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल (भण्डारी)ले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनियुक्त राजदूतद्वय काफ्ले र प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।