• बैशाख २६ २०८३, शनिबार

गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोड्ने रामकुमारी झाँक्रीको घोषणा

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन्।

उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन्।
उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्।

यसअघि उनी नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन्। गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सासंद छन्।