• जेष्ठ ३ २०८३, आईतवार

नेपालमा एकैदिन २८६ जनामा कोरोना पुष्टि

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २ जना र १ हजार ६०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३४८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ ।