• जेष्ठ ३ २०८३, आईतवार

गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट पुगे केपी ओली

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे ।

शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।