• जेष्ठ ३ २०८३, आईतवार

सार्वजनिक स्थलमै अर्धनग्न केटीसित नाच्दै उत्तेजित भएपछि सईको जागीर चैट

भाद्र ५ २०७९, आईतवार

रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) राजकिशोर साहले पदीय आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ ।

साहले सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो ।

साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनले आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले प्रशासनलाई जानकारी दिए ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरूलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।

नेपाल प्रहरीको पोसाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिव नगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको थियो । हाल उनी पदमुक्त भइसकेका छन् । (एबिसी सञ्चार ।)