• जेष्ठ ३ २०८३, आईतवार

महोत्तरीबाट मिटरब्याजी साह पक्राउ

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । मिटरब्याजी अनिरुद्ध साहलाई जिल्ला प्रहरी कार्यालय मोहत्तरीले पक्राउ गरेको छ । कपाली तमसुक बनाएर मिटरब्याजमा लगाएर करोडौ रुपैयाँ असुल गरेको उजुरीको आधारमा शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

१५ जनाले उनीविरुद्ध जाहेरी दिएपछि साहलाई पक्राउ गरिएको हो । साहलाई गएराति उनकै घर भंगहा नगरपालिका–५ सितापुरबाट पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।