काठमाडौै । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार बनेपछि देश नै तहसनहस भएको बताएका छन् ।
शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए ।
परमादेशबाट बनेको सरकार भएकाले पनि उनीहरु जनताप्रति उत्तरदायि नभएको अध्यक्ष ओलीको आरोप छ । ‘परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्छ,’ ओलीले भने, मंसिर ४ गते पछि नेकपा एमालेको सरकार बनेन भने देश झनै बर्बादीमा जाने वाला छ ।’