काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २० जना पदाधिकारी चयन गरेको छ । काठमाडौंको पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले २० जना पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । सो प्रस्ताव पारित भएको एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको महासचिवमा देव गुरूङ चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।
यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ ।
दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिव चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ । यो बैठकले पारित गरेको निर्णय केन्द्रीय समितिको बैठकले पारित गर्नेछ ।