• जेष्ठ ३ २०८३, आईतवार

छोराछोरीलाई घुमाउन लैजाने बहानामा हत्या गर्ने बाबु पक्राउ

भाद्र ४ २०७९, शनिबार

काठमाडौै । छोराछोरीको हत्याको अभियोगमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन १६ गते डम्बरले ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने भन्दै लगेका थिए । तर उनी आफू मात्र फर्किए । छोरा घर नफर्किएपछि कृष्णा आत्तिइन् । उनले छोरा हराएको भन्दै उनले इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिएकी थिइन् । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेटेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि पनि उनले छोरीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । ०७३ साल साउन २५ गते जन्मेकी छोरी स्मृति ५ वर्षदेखि बेपत्ता थिइन् । डम्बरले ०७४ साल फागुन २१ गते छोरीलाई घुमाउन लैजान्छु भनेर लगेकोमा हालसम्म फर्केर नआएको श्रीमती कृष्णा चन्दको भनाई छ । छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर फर्केका थिएनन् ।