काठमाडौं। सामाजिक सञ्जाल फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् ।
आरोपित किशोरहरूलाई लुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलेका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
उनीहरूले २५ भन्दा बढी फेसबुक अकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट दुई लाख रुपैयाँभन्दा बढी ठगी गरेको डीएसपी राईले जानकारी दिए ।