• जेष्ठ ३ २०८३, आईतवार

प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

भाद्र ३ २०७९, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिएको हुनाले सबै निर्णय र कामकारबाहीहरू बदर हुनुपर्ने माग छ ।