• बैशाख २६ २०८३, शनिबार

एमसीसी परियोजनाको टेण्डर आगामी पुषमा आह्वान गरिने, २०२३ को अगष्टबाट काम सुरु गर्ने तयारी

भाद्र २ २०७९, बिहीबार

काठमाडौं ।   एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा आह्वान गरिने भएको छ ।

बिहीबार एमसीसी परियोजनालाई अगाडी बढाउने नेपाली संस्था मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन निर्माण तथा तीनवटा सबस्टेशन निर्माणको लागि टेण्डरको कागजात तयार भइसकेको बताउदै आगामी पुष महिनामा अन्तर्राष्ट्रिय टेण्डर गरेर परियोजनाका लागि ठेकेदारहरू छनोट गरिने जानकारी दिए ।

एमसीए नेपालले आगामी पुष महिनामा टेण्डर आव्हान गरी २०८० सालको असार महिनाभित्र ठेकेदार छनोटको काम सकेर भदौ महिनादेखि परियोजनाको काम सुरु गर्ने समेत बताएको छ ।

गत फागुन १२ गते संघीय संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो ।