काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं. २ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा आज बिहिबार बिहान बस र अटोरिक्सा एक आपसमा ठक्कर खादाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले जानकारी दिए । दुर्घटनामा परेर एक जना घाइते छन् । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र सर्लाहीबाट बिरगंज तर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।