• बैशाख २६ २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै

भाद्र १ २०७९, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ । विहान ८ बजेका लागि बोलाइएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै सरेको बताइएको छ ।

यसअघि मंगलबार बसेको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो।