काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
बाँकी भू(भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १ मा सामान्य बदलीरहि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीरहि देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू(भागहरूमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उक्त महाशाखाले अनुरोध गरेको छ ।