• जेष्ठ २ २०८३, शनिबार

लेनदेनको विषयलाई लिएर आफ्नै नातेदारमाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौं । लेनदेनको विषयलाई लिएर आफन्तमाथि एसिड प्रहार गर्ने १ पुरुषलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत छन्।

एसिडबाट आफ्नै भाइसहित तीन जना नातेदार घाइते भएको प्रहरीले जनाएको छ । सल्यानको इलाका प्रहरी कार्यालय दार्माबाट गएको प्रहरीले रावतको साथबाट २२ लिटर एसिड समेत बरामद गरेको छ।

एसिड प्रहारबाट घाइते भएका ३ जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।