• जेष्ठ २ २०८३, शनिबार

धारा जोड्न पाँच हजार घुस माग्ने प्लम्बर पक्राउ

श्रावण ३१ २०७९, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस रकमसहित पक्राउ गरेको छ ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो । प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ ।