• जेष्ठ २ २०८३, शनिबार

ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित, उठ्ला त काठमाडौंको फोहोर ?

श्रावण ३० २०७९, सोमबार

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । स्थानीयले विभिन्न माग राख्दै भदौ १ गतेबाट फोहोर उठाउन नदिने घोषणा गरेका थिए ।

सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिइएको उनको भनाइ छ । मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । यससँगै काठमाडौंमा विकराल बनेको फोहोरको समस्या समाधान हुने विश्वास लिइएको छ ।