काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुढा क्षेत्रीलाई ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आयोगको टोलीले भण्डारीलाई ३० हजार घुससहित गत साउन १ गते पक्राउ गरिएको थियो ।
अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस/रिसवत माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएको आयोगले जनाएको छ ।