काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच केही दिनदेखि छलफल भइरहेको छ ।
उनीहरूबीच आइतबार पनि छलफल भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै चुनाव चिन्ह र घोषणा पत्र बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको हो ।
‘उहाँहरूबीच केही दिनदेखि बैठक भइरहेका छन् । एकै चुनाव चिन्ह र समाजवादउन्मुख घोषणा पत्र बनाएर चुनावमा जाने सहमति नजिक पुगेका छौं,’ एक नेताले भने, ‘निर्णयमा पुग्न केही दिन लाग्छ ।’
बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन् । समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमति नजिक छन् ।