काठमाडौं । सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वनमा आउने भएको छ ।
संसाेधनसहित ल्याइएकाे निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।
हालै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।