• बैशाख २६ २०८३, शनिबार

आरजुलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले भने- मेरो श्रीमतीको पनि डबल डिग्री छ तर म राजनीतिमा ल्याउदिन

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणातर्फ लक्षित गर्दै आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन्।

‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ’ आइतबार काठमाडौंमा भएको युवाहरुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नातावाद र क्रिपावाद हुने काम हुँदैन।’ ओलीले आउँदो निर्वाचनमा दुबै तहको निर्वाचनमा ३३ प्रतिशत महिला पुर्याउने प्रतिबद्धता जनाए ।