काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीरही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
श्रावण २९ गते (आइतबार)
दिउँसो : देशका पहाडी भू-भागमा सामान्य बदलीरही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण ३० गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण ३१ गते (मंगलबार)
दिउँसो : देशभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
२४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागमा सामान्य बदलीरही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।