काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको गोरखा काठमाडौं सम्पर्क समितिको प्रथम भेला २०७८ साउन २८ गते सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा सम्पन्न भएको छ ।
उक्त भलाले शेखर काप्रीको नेतृत्वमा १३ सदसिय कार्यसमिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा मिलन बोहोरा, सचिबमा सङ्कल्प लामिछाने, कोषाध्यक्षमा पवन पुडासैनी, सहसचिवमा तुल्सी अधिकारी, सदस्यहरुमा बिष्णु गुरुङ, बुद्दक थापा, अनिता काप्री, लक्ष्मी लामिछाने, शान्ति अधिकारी, मिलन भट्ट, अनुश लामिछाने, बल वहादुर अम्गाइ रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गोरखाले जसरी एकिकरणको नेतृत्व गरेको थियो त्यसरी नै देशको स्वाधीनताको रक्षा गर्न पनि गोरखाबाटै सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रामराज कोइरालाले अब राष्ट्रवादी र राष्ट्रघातीहरुको कित्ताकाट सुरु भएको र त्यसको नेतृत्व गोर्खालीले लिने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रबक्ता तथा सम्पर्क समाज समन्वय विभागका प्रमुख गोपाल दाहाल, प्रवक्ता तथा प्रचारप्रसार विभागका प्रमुख मोहन श्रेष्ठ, केन्द्रीय सदस्य रामराज कोइराला, केन्द्रीय सदस्य मनमाया गुरुङ, केन्द्रीय सदस्य तथा राप्रविसं अध्यक्ष धनसुर शाही, गोरखा जिल्ला अध्यक्ष भगवानदास मल्ल, गोरखा नगरपालिका अध्यक्ष रुद्रराज पाण्डे ए, प्रदेश २(ख) अध्यक्ष शुसिल पन्त, सम्पर्क समाज समन्वय बिभागका सदस्यहरु उदय राज भट्ट, ज्योती मुडबरी, नवराज धमला, भिम बिष्ट लगायतको उपस्थिति रहेको थियो ।