• बैशाख २६ २०८३, शनिबार

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने गरी बैठक बोलाएका हुन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए अनुसार बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुनेछ ।