• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा गठबन्धनमा सिट बाँडफाँडबारे छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँडसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको हो।

पाँचदिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले पहिलोपटक देउवालाई आज भेटेका हुन्। दिँउसो ३ बजेदेखि करिब १ घण्टा छलफल भएको स्रोतले जनाएको छ ।