काठमाडौं । सरकारले अमेरिकासित सहमति भएको भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।
मन्त्रिपरिषदको ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।
शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए ।
एमसीसी जस्तै एसपीपी पास नगर्न जनता तथा नेपालका बौद्धिक तवरबाट ठूलो दवबाव सिर्जना भएको थियो । तर नेपाली सेनाका प्रधानसेनापति आइपएिसको कार्यक्रममा सहभागि हुन अष्ट्रेलियाको मेलबोर्न गएका छन् ।