• बैशाख २६ २०८३, शनिबार

कांग्रेस नेता पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

श्रावण १२ २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंग नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

आज बिहिबार पौडेल निवास बोहोराटारमा पुगेर राजदूत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको नेता पौडेलको सचिवालयले जनाएको  छ ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ ।