काठमाडौं । बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन्।
ल्याण्डफिल साइटका स्थानीयले बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो।
समितिका संयोजक श्रीराम ढुंगाना र उप-संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन्।
ल्याण्डफिल साइट सरोकार समितिका संयोजक ढुंगानाका अनुसार बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर आफ्नो मागको विषयमा ध्यानाकर्षण गराएको छ ।